जाडोमा सख्खर खानुका ७ फाईदा (भिडियो)


सख्खर हामी जो कोहीलाई मन पर्छ किनकी यो गुलियो हुन्छ । गुलियो पदार्थ मन नपराउने सायदै कोही नहोला । उखुको रस पकाएर बनाईने सख्खर मानव स्वास्थ्यको लागि अति प्रभावकारी छ । आज हामी सख्खरको फाईदार उपयोगबारे जानकारी गराउँदै छौँ ।

१. रुघाको घरेलु उपचार

चिसो मौसममा बढि मात्रामा रुघाले सताउँछ । रुघाको कारण खसखस गर्ने तथत कफ जम्ने लगायतका समस्याहरु देखा पर्छ यस्तो भएमा सख्खरको चिया बनाएर पिउन सकिन्छ । यसलाई तपाई दुधमा मिलाएर पनि पिउन सक्नुहुन्छ । सख्खर गर्मी बनाउने चिज हो । यसैले तपाईको रुघालाई फाईदा गर्छ । यसले गलाको खसखस समेत मेटाउँछ । यसको लागि सख्खरमा अदुवाको रस मिसाएर नियमित सेवन गर्नुहोस् ।

२. पेटको ख्याल राख्छ

सख्खरको सेवनले पेटको समस्या समेत हटाउँछ । यसले खाना पचाउने काम गर्छ । तपाईको पेट फुलिने समस्या छ भने सख्खर पानीमा मिलाएर पिउनुहोस् । तपाईको समस्या दूर भएर जान्छ ।

३.महिलाको लागि वरदान

सख्खरले महिलाको त्वचालाई सुन्दर राख्छ । यसको नियमित सेवनले शरिरको हानिकारक टक्सिनहरु बाहिर जान्छ । त्यसैगरी अनियमित महिनावारीको समस्या समेत हटाउँछ ।

४. शरिरमा उर्जा दिन्छ

तपाईलाई थकान महशुस भएको छ भने सख्खर खाँदा स्फूर्ति मिल्छ । यसमा पानी वा दुध मिलाएर पिउन सक्नुहुन्छ । तपाईको कानमा दुखाई छ भने सख्खरमा घिउ मिलाएर दुखेको कानमा लगाउँदा दुखाई कम भएर जान्छ । यसले शरिरको मेटाबोलिज्म बढाउँछ र विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । माईग्रेनको समस्यामा पनि सख्खर लाभदायी हुन्छ ।

५. चिलाउने रोग हटाउँछ

सख्खरमा एन्टी एलर्जिक तत्व हुन्छ । यसले शरिर चिलाउने रोग लागेका विरामीलाई अति नै फाइदा गर्छ । यसको लागि कालो तिलमा सख्खर मिसाएर लड्डु बनाएर नियमित सेवन गर्न सक्नुहुन्छ ।

६. स्वर खुलाउँछ

रुघाखोकी वा अन्य कारण तपाईको स्वर बसेर आवाज ननिस्केमा सख्खर र पकाएको चामल मिसाएर सेवन गर्नाले फाईदा मिल्छ ।

७. शरिरमा आईरनको मात्रा बढाउँछ

शरिरमा आईरनको कमी भएमा एनिमिया लगायत विभिन्न रोगहरु लाग्न सक्छ । तर सख्खरको नियमित सेवनले शरिरमा आईरनको मात्रा बढाउँछ र आईरनको कमीले लाग्ने रोगबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement