नायिका आशिकाले घरबेटीले जिउदै आर्यघाट लगिएका वृद्दा आमाको यसरी गरिन् सेवा (भिडियो सहित)

काठमाडौँ । जर्मन नगरिकसग बैबाहिक बन्धनमा बाधिएकी भए पनि नेपालकी छोरी आसिका तामाङले आफ्नो जन्म भुमी प्रतिको कर्तव्य भुलेकि छैनन । आज भक्तपुरमा रहेको मानव कल्याण समिती को अनाथाश्रममा एक हुल पत्रकार पुग्दा उनी वृद्ध बुबाआमाको स्वास्थ्य परिक्षण गरिरहेकि थिइन । कसैको पनि दुख देख्न नसक्ने स्वभाव भएको आसिकाले मानिसलाई मात्र होइन दुख कष्ट झेलिरहेका पसु प्राणी को समेत उद्दार गर्दै आएकी छ्न । पढाइका हिसाबले एक नर्स समेत रहेकी आसिका को परिचय नर्स मा मात्र सिमित छैन , उनी फिल्म कर्मी समेत रहेकी छ्न उन्ले फिल्म मा नायिका को भुमिका समेत निभाइ सकेकी छ्न ।उन्को झोलामा सधै मानिस देखि पसु प्राणी सम्मका लागि प्राथमिक उपचारका सामाग्री हुने गरेका छ्न । पसुप्राणीलाई पनि मानिसलाई जत्तिकै माया र साथ को खाचो हुन्छ , पसु प्राणी को पनि दुख र आपतमा आत्मा दुख्छ भन्दै पसुप्राणी को हत्या गरेको देख्दा आफुलाइ भक्कानो फुटेर रुन आउँछ ,हृदयमा ठुलो चोट लाग्छ भन्दै उनले कुनै पनि प्राणिको हत्या नगर्न सबै सामु अपिल समेत गर्दै आएकि छ्न । सडकमा अलपत्र परेका बालबालिका वा बृद्द बृदालाइ एक दिन एउटा कम्बल दिएर ,एक दिन एक छाक खाना दिएर उद्दार हुन नसक्ने भन्दै उनिहरुको लागि आवास को पहिलो जरुरी रहेको ले सबै लागेर त्यता तिर ध्यान दिनु पर्ने समेत उल्लेख गरिन । परोपकारी नेपाली समाजमा राजनितीका कारण मानवता गुम्दै गएको प्रती दुख व्यक्त गर्दै यस्तो हुनु मा गलत नेता चुन्ने जनता नै मुख्य दोसि भएको बताइन ।आफुले एउटा फिल्म निर्माण गरिरहेको र यदि त्यो फिल्म चल्दियो र नेपाली जनताले माया गरे भने सबै फिल्मको आम्दानी अलपत्र र बेसहारा बनेका मानिसका लागि ठूलो आवास गृह बनाउने आफ्नो सपना रहेको समेत बताइन ।

भिडियो हेर्नुहोस :