छातीमा धेरै रौँ हुने पुरुषको भाग्यमा रिसाहा श्रीमती !

काठमाडौं, २० पुस । ज्योतिष शास्त्र, वास्तुशास्त्र, र समुन्द्रशास्त्रले विभिन्न तथ्यहरुलाई आधार बनाएर कुनै पनि व्यक्तिको भाग्य, भविष्य र व्यवहार बताउने गर्छ ।

हामीले देखेका छौं कुनै पुरुषको छातीमा अत्याधिक रौँ हुने गर्दछ, यस्ता पुरुष अन्य पुरुष भन्दा शारीरिक रुपमा बलियो हुने समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । साथै यौनको मामलामा पनि यस्ता पुरुषहरु अन्य पुरुष कामुक र स्वस्थ हुन्छन् ।

छातीमा सामान्य भन्दा ज्यादा कपाल हुने पुरुषहरु बोलिको पक्का हुने समुन्द्रशास्त्रको मान्यता छ । साथै यस्ता पुरुषहरु वफादार पनि हुनेछन् । परिश्रमको मामलामा पनि यस प्रकारका पुरुषहरु अन्य पुरुषहरु भन्दा अगाडी हुन्छन् ।

भावुक र उदार स्वभावका कारण यस्ता पुरुषहरु महिलाहरुको नजरमा छिट्टै पर्छन् । साथै त्यति मात्र नभई महिलाहरुसंग यस्ता पुरुषहरु छिट्टै घुलमिल हुन्छन् ।

तर समुन्द्रशास्त्रका अनुसार यस प्रकारका पुरुषको भाग्यमा रिसाहा श्रीमती लेखिएको हुन्छ ।