म्यान्चेष्टरले सबै खेल जित्ने केयर टेकर प्रशिक्षक सोल्सायरको दावी

एजेन्सी, २० पुस । म्यान्चेष्टर युनाईटेडका केयर टेकर प्रशिक्षक आले गुनर सोल्सायरले क्लबले सबै खेल जित्न सक्ने दावी गरेका छन् ।

उनले क्लब समालेपछि म्यान्चेष्टर युनाईटेडले लगातार चार खेल जितेको छ । गत हप्ता म्यान्चेष्टर युनाईटेडले न्युक्यासलविरुद्व २–० को जित निकालेको थियो ।

क्लबले एफ ए कपको तेस्रो राउण्डमा भोली (शनिबार) रिडिङसंग प्रतिस्पर्धा गर्दैछ ।

उनले भने, ‘यदी तिमी क्लबमा यसरी आउछौ भने तिमी खेल जित्ने अपेक्षा राख्छौ ।’

उनले अगाडी भने, ‘यदी तिमी लगातार चार खेल जित्छौ भने तिमी अर्को समेत जित्ने अपेक्षा गछौ । म त्यो गर्न सक्दिन भनेर सोच्न सक्दिन । मलाई लाग्छ म सबै खेल जित्न सक्छु ।’

मुख्य प्रशिक्षक जासे माउरिन्होलाई बर्खास्त गरेपछि क्लबले ४५ बर्षको नर्वेजियन प्रशिक्षकलाई क्लबले केयर टेकर प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।