एउटा यस्तो स्वीमिङ पुल, जहाँ गोहीसंगै पौडी खेलिन्छ !

काठमाडौं, २० पुस । संसारमा यस्तो एउटा स्वीमिङ पुल छ जहाँ खतरनाक जीव गोहीलाई नियाल्दै पौडी खेल्न सकिन्छ । सुन्दै अचम्म र डर लाग्दो स्विमिङ पुल हो अष्ट्रेलियाको ड्रावीनमा रहेको क्रोकोसोरस कोभ । जसलाई “केज अफ डेथ” पनि भन्ने गरिन्छ ।

अष्ट्रेलियाको एक पानी कम्पनिले निर्माण गरेको कोभ पछिल्लो समय विश्व भरका पर्यटकका लागी निकै आकर्षणको केन्द्र बनेको छ । यसको आकर्षण भनेकै यहाँ रहेका दुई सय भन्दा बढी गोहीको बीचमा सीसाको केज भित्र बसेर पानीमा पौडीनु र मनोरञ्जन लिदै यी गोहीको विशाल रुप र डर लाग्दा विशेषतालाई नियाल्नु रहेको छ ।

अझ रोचक त के छ भने क्रोकोसोरस कोभमा माछा मार्नुका साथै साना गोहीलाई समात्न, फोटो खिचाउन र यहाँ रहेको रेपटाइल्स् म्यूजिएम घुम्न समेत पाइन्छ । केज अफ डेथ लाई उत्कृष्ट र नमूना स्वीमिङ्ग पूलको रुपमा पनि त्यहाँ पुग्ने पर्यटकले लिने गरेका छन् ।