इशा लामिछाने बहिनिको असली नाम ईश्वरी श्रेष्ठ हो , मेरो घोर आपात्ति छ : समाज सेवी इशा गुरुङ्

एच.बी ताम्राकार , जापान । देशमा आवाज विहीन हरुको आवाजको रुपमा एकढिक्का भएर अगाडी बढ्दै गरेका युवा पत्रकार रवि लामिछाने लाई गिराउनु विभिन्न अराजक तत्व लागेको प्रति चिरपरिचित समाज सेवी इशा गुरुङले घोर विरोध गरेकी छन् ।

ओएस नेपाल संग को विशेष कुराकानिका क्रममा गुरुङले भनिन् ‘ इशा लामिछाने बहिनि प्रति मेरो घोर आपात्ति छ । ‘ अमेरिका वासी इशा श्रेष्ठलाई आक्रमण गर्दै भन्नु भयो , ‘ हजुरको असली नाउ हो इश्वरी श्रेष्ठ । हजुरको रबी लामिछाने सँग कानुनी रूपमा सम्बन्ध बिच्छेद भइसकेको छ । अझै हजुरले लामिछाने थर किन राख्नु भयो ? र किन छोरीहरूको उज्जल भबिस्यलाइ ख्याल नगरी परिवारिक कुरा यसरी बाहिर ल्याउनु भयो ?

दोस्रो प्रसंग थप्दै उनले भनिन् , ‘यदि हजुर एक असल आमा हो भने यसरी एक बाबा प्रति यति धेरै आरोप लगाउन हुदैन थियो ।हजुरलाइ रबी जी प्रति आरिस जलन अबस्य भएकै हो तर आमाको कर्तब्य हजुरले बिर्सनु भयो । हजुरलाइ आखिर फाइदा केहि मिल्यो ?’

इशा लामीछानेले केहि पत्रकार को सहयोगमा रवि लामिछानेको वेईजत गर्न न्वारन देखीको बल लगाएको आरोप धेरैले लगाएका छन् ।