कुल बहादुर रानाले दुबईको खुल्ला चौरमा यस्तो बाँसुरी बजाएकि विदेशी मन्त्रमुग्ध भए (भिडियो)

काठमाडौँ । एक नेपाली युवकले प्रवासमा आफ्नो नेपाली मौलिक बाजा बाँसुरी बजाएर सबैलाई लट्ठ बनाएका छन । बैदेशिक रोजगारीको लागी युएईको दुबई पुगेका अर्घाखाँची सन्धिखर्कका कुल बहादुर रानाले खुल्ला चौरमा बाँसुरी बजाएर नेपाली लगायत विदेशी नागरिकलाई समेत मन्त्रमुग्ध बनाएका छन्।

आफुले काम गर्ने युएईको गिआरपि इण्ड्ष्ट्रीज कम्पनीको एनुअल फंक्शनको अवसरमा साथिभाईको अनुरोधमा कुल बहादुरले बाँसुरी बजाएका थिए । उनले बजाएको नेपाली बाँसुरीको धुनले त्यहाँ रहेका नेपालीमात्रै होइन विदेशी नागरिक सम्म भावुक बनेका थिए। उनलाई धेरैले प्रशंसा गरेका थिए। कार्यक्रम संचालकले उनलाई भगवान कृष्णसंग तुलना पनि गरेका थिए ।

कुल बहादुरलाई उक्त कार्यक्रममा कम्पनीले सम्मान पनि गरेको थियो। बाँसुरीको धुन नै त्यतिकै मिठो हुन्छ त्यसमाथि रानाको बाँसुरी बजाई नै यत्ति राम्रो थियो कि सबै मन्त्रमुग्ध भए । भिडियो तल हेर्नुहोस :