ओखलढुङ्गामा बालविवाह गर्ने दुलाहा दुलही प्रहरी नियन्त्रणमा

ओखलढुङ्गा, २० पुस । ओखलढुङ्गामा बालबिबाह गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु स्थानीय ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा ९ र १० मा अध्ययन गर्दै थिए ।

उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएका थिए । त्यसपछि उनिहरुलाई पक्राउ गरिएकाे ओखलढुङ्गा प्रहरीले जनाएकाे छ ।