आफुलाई कालो मोसो दलिए पछी निगामका महाप्रबन्धक सुगतरत्न कंसाकारले खोले यस्तो रहस्य

काठमाडौं, २० पुस । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले मागेको पैसा नदिँदा आफु माथी कालो मोसो दलेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताएका छन । ‘म संग पाँच लाख माग्दा मैले पाँच लाख त हैन मेरो गोजीमा पाँच हजार छ त्यही दिन्छु भनेको थिएँ त्यसपछि कालो मसी छर्किएर भागे’ – कंसाकारले भने।

कंसाकारकाका अनुसार वैद्य समूहका दुईजना कार्यकर्ता कार्यालय भित्र पसेर पैसा मागेको तर आफुले मागेको पैसा नदिदा यस्तो घटना घटेको बताए ।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ।

अर्बौ रुपैया भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले सुगतरत्न कंशकारलाई उनकै कार्यकक्षमा पुगेर आज शुक्रबार मोसो दलेका हुन्। आज शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंशकारलाई मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए।दलिएको हो।’