बाख्रा चराउन गएकी बालिकालाई कार्यलयमा लगि बलात्कार गर्ने युवक पक्राउ !

काठमाडौँ , २० पुस । घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई इँटा भट्टा उद्योगमा लगेर जबर्जस्ति गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

बालिका बलात्कार गरेको आरोपमा सप्तरीको खडग नगरपालिकाका ३५ वर्षीय राधेश्याम पण्डितलाई पक्राउ गरेको हो ।

उद्योगमा लेखापालको कार्यभार समाल्दै आएका पण्डितले गत मङसिर १५ बालिकालाई ललाईफकाई उद्योगमा लगेर बलात्कार गरेको उजूरी परेपछि उनलाई प्रहरीले पक्राउ गरि अनुसन्धानको प्रकृया अगाडी बढाएको हो ।

घटना १ महिना अघिकै भएपनि घरमै मिलाउने प्रयास गरेकोमा नमिलेपछि गत बुधबारमात्र पिडित बालिकाकी आमाले उजूरी दर्ता गराएको ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएपछि उजूरी दर्ता गराएर अनुसन्धान अगाडी बढाइएको उनले बताए ।