गरीवको लागि शृंखला खतिवडा भगवान सरह पुगीन गरिब बस्तीमा न्यानो कपडा बोकेर

हेटौंडा – मकवानपुर मनहरिका गरिब, विपन्न तथा असहायहरूलाई मिस नेपाल शृंखला खतिवडाले न्यानो कपडा प्रदान गरेकी छन्।

जाडोमा कष्टकर जीवनयापन गर्दै आएका मनहरि–६ का चेपाङ तथा दलितका ३० घरपरिवारलाई शृंखला खतिवडाले न्यानो कपडा सिरक र डस्ना प्रदान गर्नुभएको हो।

उनले प्रत्येक घरपरिवारलाई एक जोरका दरले न्यानो कपडा प्रदान गरेकी हुन्। मिस नेपाल खतिवडाले रोट्र्याक इन्टरनेसन क्लबसँगको सहकार्यमा न्यानो कपडा वितरण गरेकी हुन्।

मिस वल्र्डको समाप्तिसँगै उनले नेपालका विभिन्न स्थानमा गरिब र असहायलाई सहयोग गर्दै आएकी छन् । नेपाल समाचारपत्रमा खबर छ।