सुनको मुल्य घट्दा चाँदीको मुल्यमा भने वृद्धि !

काठमाडौँ, २० पुष । साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।

बिहिबार तोलामा एक्कासी ८ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।

बिहिबार प्रतितोला ६० हजार ४ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज तोलाको ६० हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन भने प्रतितोला ६० हजार रुपैंयामा किनबेच भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाले बढेको छ । बुधबार प्रतितोला ७ सय ६० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज तोलाको ७ सय ६५ रुपैया कायम रहेको महासंघले जनाएको छ ।