स्काई ओभरसिजका तामाङविरूद्ध १९ करोड कर छलीसम्बन्धी मुद्दा दर्ता

काठमाडौं, २० पुस । स्काई ओभरसिजका मालिक बलबहादुर तामाङविरूद्ध कर छलीको मुद्दा लागेको छ ।

आन्तरिक राजस्व अनुसन्धान विभागले तामाङबिरुद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छली गरेको आरोप लगाएको हो ।

उनीबिरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

केही समय अघि राजस्व अनुसन्धानले करिब आधा दर्जन म्यानपावर व्यवसायीविरूद्ध छानबिन सुरू गरेको थियो ।