रणबिरभन्दा पहिला पनि ५ व्यक्तिको प्रेममा परेकी थिइन् क्युट अभिनेत्री आलिया ! ती व्यक्ति को-को हुन् ? जान्नुहोस्

काठमाडौ, २० पुस । बलिउडकी चर्चित नायिका आलिया भट्ट र रणबिर कपुरको प्रेम चर्चा यतिबेला बलिउडमा खुबै चलेको छ । उमेरले त्यत्ति पाको नभएकी अलियाले आफ्नो प्रेमजालमा भने थुप्रै व्यक्तिलाई पार्न सफल भएको कुरा अहिले संचार माध्यममा आइरहेका छन् । मिडियाका अनुसार रणबिर कपुरभन्दा पहिले पनि आलियाले अन्य ५ जना व्यक्तिसंग प्रेम गर्दै छोड्दै गरेकी थिइन् । ती ५ अभागी अभिनेता को -को हुन् त ? आउनुहोस् त्यसको बारेमा जानकारी लिउं ।

वरुण धवन :

आलिया भट्ट र वरुण धवनले एकैचाटि बलिउडमा प्रवेश गरेका थिए । उनीहरु धेरै एउटै फिल्ममा पनि काम गरेका छन् । जसकारण उनीहरुको जोडीलाई धेरै फ्यानहरु रुचाए । तर भित्री रुपमा पनि फ्यानहरुको जस्तो उनीको पनि प्रेम सम्बन्ध केही समय चलेको थियो । तर छोटो समयको अन्तरालमै उनीहरुको यो प्रेम सम्बन्ध छुटेको थियो ।

कविन मित्तल :

उनीहरुको पनि प्रेम सम्बन्धमा रहेको भन्दै विभिन्न समाचारहरु आएको थियो । कविन भने चर्चित ब्यवसायी सुनिल मित्तलका छोरा हुन् । आलिया र मित्तल पनि धेरै ठाउमा सगै भेटिएका थिए । तर त्यसको केही समयपछि यो सम्बन्ध पनि छुटेको थियो ।

सिद्धार्थ मल्होत्रा :

यी दुवै जनाले बलिउडमा एउटै चलचित्रबाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए । उनीहरुको पनि चलचित्र क्षेत्रमै काम गर्ने क्रममा नै कुनै समय प्रेमसम्बन्धले धेरै चर्चा पाएको थियो । तर केही मिडियाहरुको जानकारीका अनुसार उनीहरुको आफ्नै निजी मामिलाको कारण प्रेम सम्बन्ध टुटेको थियो ।

अलि ददारकर :

अलि ददारकर भने सानै उमेरका स्कुलमा सँगै अध्ययन प्रेमी हुन् । उनीहरुको चाही त्यस बेला नै केही समयमै प्रेम असफल भएको थियो । भने अहिले एक असल साथी छन् ।

रमेश दुवे :

यो आलियको जीवनको पहिलो प्रेम भएको उनले बताएकी छिन् । जब उनी ६ कक्षामा अध्ययन गर्दै थिइन् । त्यसवेलाको प्रेम थियो रमेश दुवेसंग।