बागबजारमा आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट

डडेल्धुरा, २० पुस । डडेल्धुराकाे सदरमुकामस्थित बागबजारमा एक सातायता ११ पसलमा भएका आगलागीबाट ६ वटा पसलका माल सामान तथा ५ वटा पसल जलेर नष्ट भएका छन् ।

बिहीबार रातिपनि सदरमुकामस्थित बगरबाटामा पनि अागलागी भएकाे छ । बगरबाटास्थित व्यवसायी टेक पनेरुको चिया, तरकारी तथा फलफूल पसलका साथै सोही पसल सँग जोडिएको फोटो स्टुडियो तथा फोटोकपी सेन्टर र थप एक तरकारी तथा फलफूल पसल जलेर नष्ट भएको छ ।

डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्मरबहादुर केसीका अनुसार अागलागीले स्थानीय राज जोशीको घरमा समेत क्षति पुगेको छ । उनको घरमा रहेको दैनिक उपभोग्य सामानको गोदाम थियो ।

राति करिब ११ः४० बजे शुरु भएको आगलागी अमरगढी नगरपालिकाको दमकल र सुरक्षा निकायहरुका साथै स्थानीय बासिन्दाहरूकाे सक्रियतामा नियन्त्रणमा लिइएकाे थियाे।