सामाजिक सञ्जालमा चिठ्ठा पर्यो भन्दै लाखौ ठगि गर्ने पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, भाइबर र इमो मार्फत ‘तपाईँको नाममा चिठ्ठा परेको छ भन्दै ठगि गर्ने ३ जनालाई प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत तपाईको नाममा ठूलो चिठ्ठा परेको र उक्त रकम भुक्तानी गर्न सेवा शुल्क लाग्ने भन्दै लाखौं ठगि गर्ने खोटाङका लेख बहादुर खड्का, ईन्द्र पुरी र टिकाराम भुजेललाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि विभिन्न मानिससँग ३० लाखभन्दा बढी ठगि गरेको आरोप लागेको छ। ठगि गरेको रकम तिनजनाले बराबर भाग लगाएर लिने गरेको खुल्न आएको महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख शंकर खड्काले जानकारी दिए ।