जापानमा कोरिया जस्तो जीटुजी नहुने ! सुरु भयो डरलाग्दो ठगी : नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका आध्यक्ष रोहन गुरुङसंग गरिएको कुराकानी हेर्नुहोस

काठमाडौं । वैदेशिक रोजगारको लागी नेपालीहरुलाई पनि जापानले लाने भएपछी अहिले यहि विषयले नेपाली युवाहरुलाई आकर्षित बनाएको छ । तर वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । भविष्यमा जापानले विभिन्न ९ देशबाट कामदार लान सक्ने भनेर मात्र जापान सरकारले निर्णय गरेको हो । तर यहाका युवाहरुले आज भोलिनै टिकट काटेर २-३ लाख तलवको काममा जापान उड्न पाउने जस्तो बुझेको हुदा ठगी गर्ने गिरोहको फन्दामा पर्न सक्ने खतरा पनि रहेको छ ।

यस विषयमा नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका आध्यक्ष रोहन गुरुङले भने – नेपालीलाई जापान लगे पनि छिटोमा एक वर्ष लाग्ने तर के कसरी छनौट हुने त्यो अझै प्रष्ट छैन । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकारले कुनै निर्णय नगरेको भन्दै हल्लाको पछि नलाग्न बैदेशिक रोजगार विभागले पनि आग्रह गरेको छ । खाडी मुलुक र मलेसिया भन्दा निक्कै राम्रो तलव सुबिधा भएको कारण युवाहरुको आकर्षण जापानमा भएको हो ।

के अब नेपाली युवाहरु जापान जान पाउने नै भएका हुन् त ? यसै विषयमा नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका आध्यक्ष रोहन गुरुङसंग गरिएको कुराकानी हेर्नुहोस :