झक्कड़ थापाले गाएको नेपाली भर्सन “कानमा डबल झुम्का”को भिडियो यस्तो बन्यो हेर्नुहोस

काठमाडौं – नेपाल आईडल सिजन एकबाट भाईरल भएका व्यक्ति हुन्, झक्कड थापा । उनले नेपाल आईडलमा गाएका गीत र उनको रमाईलो प्रस्तुतिका कारण उनी भाईरल बने । राम्रो स्वर भएका गायकहरुलाई पनि उनले पछि पारे । सोझो अर्थमा भन्दा नेपाल आईडल सिजन एकका बिजेता बुद्ध लामा भन्दा पनि चर्चित बने झक्कड थापा, केवल ५ मिनेट लामो प्रस्तुतिले नै उनलाई भाइरल बनायो ।

उनै झक्कड थापा नेपाल आईडलबाट चर्चामा रहि रहंदा नै बिदेश गए । भारतमा काम गरे अनि पछि नेपाल फर्किए र मिडियामा आए । उनलाई थुप्रै युटुब च्यानलहरुले प्रस्तुत गरे । दुई छोराको बाबु झक्कडले भद्रगोलमा पनि अभिनय गरे । देश बिदेशबाट सहयोग रकम उठ्यो, केहि राहत मिल्यो पछि झक्कडले काठमाडौंदेखि हार माने र नेपालगन्ज गएर टेम्पु किनेर चलाउन थाले ।

झक्कड फेरी यतिबेला काठमाडौंमा छन्, आफ्नो पहलो गीतको म्युजिक भिडियोका लागि । नेपाल आईडलमा उनैले गाएको कानमा डबल झुम्काको नेपाली भर्सन उनैले गाएका छन् र बिहिबार गीतको म्युजिक भिडियो पनि छायांकन भयो । (भिडियो) हेर्नुस

(भिडियो)