शुभकार्य गर्दा नरिवल फुटाउनुको कारण यस्तो रहेछ !

काठमाडौं, २० पुस । धार्मिक हिसाबले एक पवित्र फलको रुपमा लिइने नारीवललाई घरमा पुजा पाठ लगाउँदा होस् या मन्दिर जाँदा चढाइन्छ र त्यसलाई फुटाइन्छ । तर नारीवल किन फुटाइन्छ भन्ने बारेमा कतिपयलाई थाहा नहुन सक्छ, त्यसकारण आज हामी यस बारेमा तपाइँलाई जानकारी दिनेछौं ।

परापूर्वककालमा पूजाँआर्जा गर्दा मानिसको बलि दिने गरिन्थ्यो । यस विषयको बारेमा मानिसले प्रश्न उठाउन थाले पछि मानिसको ठाउँमा नरिवलको बलि दिएर काम चलाउन थालिएको हो ।

नरिवललाई नै छान्नुको कारण भनेको नरिवल मानिसको टाउँकोसगँ मेल खानु हो । हिन्दुग्रन्थका अनुसार नरिवललाई ऋषि विश्वामित्रले बनाएको मानिन्छ । राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहेका थिए, तर स्वर्गको देवताहरुले नदिएको कारण गर्दा विश्वमित्रले नरिवलको उत्पत्ती गरेका थिए । सत्यवर्त सूर्यवर्शका एक चर्चित राजा हुन् ।