चीनमा भएको आर्थिक मन्दीले विश्वकै ठूलो कम्पनी ‘एप्पल’ लाई घाटा, एक दिनमै ७५ अर्ब डलर लस !

एजेन्सी, २० पुस । विश्वकै सबैभन्दा ठूलो र लोकप्रिय कम्पनीमध्येको एक ‘एप्पल’ ले एकै दिन ७५ अर्ब डलर घाटा व्यहोरेको छ ।

एप्पलको सेयरमा बिहीबार भारी गिरावट आएपछि उक्त परिमाणमा नोक्सान भएको हो ।

गत वर्ष अगस्टमा एप्पलले कीर्तिमान रचेको थियो । विश्व बजारमा आफ्नो बर्चश्व बढाएर एप्पलले एक ट्रिलियन डलर सम्पत्ति भएको विश्वकै पहिलो कम्पनीमा आफ्नो नाम लेखाएको थियो ।

हाल एप्पलको शेयरमा भारी गिरावट आएको छ । आइफोन बिक्रीमा आएको गिरावटका कारण यो अवस्था आएको एप्पलले जनाएको छ ।

पहिला नयाँ आइफोन बजारमा आउनासाथ उपभोक्ताको लाइन लाग्ने गर्दथ्यो तर, पछिल्ला दिनमा यो अवस्था अन्त्य हुँदै गएको छ । चीनको अर्थव्यवस्थामा आएको गिरावटका कारण चीनमा आइफोनको व्यापार घटेको बताइन्छ ।

प्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन् ।