भ्रष्टाचार गरेको आरोपमा पूर्वएआईजी भट्टराईले ६९ लाख ८७ हजार जरिवानासहित ९ महिना जेल बस्नुपर्ने !

काठमाडौँ, २० पुस । सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार मुद्दाको आरोपमा विशेष अदालतले नौ महिना जेल सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले यो सजाय सुनाएको हो ।

पूर्वएआईजी भट्टराईलाई जेलसँगै ६९ लाख ८७ हजार जरिवाना र बिगो जफत हुने फैसला सुनाएको छ ।