यस्तो बन्यो थारु फिल्म ‘भुरभुरा रहर’ को ट्रेलर (भिडियोसहित)

काठमाडौं, २० पुस । थारु सँस्कृतिमा आधारित फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ ।

मदन चौधरीको निर्देशनमा बनेको चलचित्रमा दशैं तिहारमा थारुले नाच्ने सखिया नाचको बारेमा देखाइएको छ ।

थारु गाउँका किशोर किशोरीको सख्या नाच्ने इच्छा हुँदाहुँदै पारिवारि अवस्थाले नाच्न पाउँदैनन् । आर्थिक अवस्था कमजोर र पारिवारिक अवस्था दयनीय रहेका कतिपय परिवारका किशोर किशोरीहरुको सख्या नाच्ने रहर अधुरो हुन्छ ।

त्यही परिवारको घटनाक्रमलाई भुरभुरा रहरमार्फत् देखाउन खोजेको निर्देशक चौधरीले जानकारी दिए । फिल्म थारु समुदायको नयाँ वर्ष माघी लगत्तै देशब्यापी च्यारिटी गरिने निर्देशक चौधरीले बताए ।

थारु फिल्मस् प्रोडक्सन र रामलाल चौधरीले निर्माण गरेको फिल्ममा इन्द्र चौधरी, भिष्मा चौधरी, छबिलाल कोपिला, शिवानी चौधरी, लहिया थारुले मुख्य अभिनय गरेका छन् । फिल्म सुशील चौधरीले लेखेका छन् ।

ट्रेलर हेर्नुहोस् :