प्रदेश ३ का जनप्रतिनिधिको तलब झन्डै दोब्बर बढाइयाे !

मकवानपुर, २० पुस । सरकारले प्रदेश ३ का जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७.५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको ८७.५ प्रतिशतसम्म तलव बढाएको हो ।

केन्द्रीय सरकारले खर्च कटौतीका लागि मितव्ययी नीति अघि सारिरहेका वेला प्रदेश सरकारको यो निर्णय आएको हो । बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिकका सदस्यहरूको सेवा सुविधा एकैपटक झण्डै दोब्बर वृद्धि गरेको छ ।

निर्णयअनुसार आठ हजार मासिक तलब बुझ्दै आएका महानगर कार्यपालिका सदस्यले अब १८ हजार पाउनेछन् । यो वृद्धि ८७.५० प्रतिशत हो ।