आफ्नी छोरीको मृत्युको कारण ज्वाइँको लिंग अत्यधिक ठूलो भएकाे भन्दै यी व्यक्तिले दिए प्रहरीमा उजुरी, आफुमाथि लागेको आरोपको खण्डन गर्न ज्वाईंले भिडलाई देखाउनु पर्यो आफ्नो लिङ्ग !

एजेन्सी, २७ चैत्र । इन्डोनेसियामा एक व्यक्तिले आफ्नै ज्वाइँमाथि अनौठो आरोप लगाएका छन् ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका स्थानीय ५५ वर्षीय नेडिसिटोले आफ्नो ज्वाइँ बार्सहको लिंग अत्याधिक ठुलो भएको अनौठो आरोप लगाएका हुन् ।

नेडिसिटोले आफ्नी २३ वर्षीया विवाहित छोरी जमन्त्रीको अकस्मात् मृत्यु भएपछि ज्वाइँको लिंग अत्यधिक ठुलो भएको कारण आफ्नी छोरीको मृत्यु भएको बताएका छन् ।

दि सनकाे अनुसार मारोन जिल्लाको मारोन किडुल भन्ने गाँउमा आफ्नो छाेरी ओछ्यानमा नै मृत फेला परेपछि पिता नेडिसिटोले ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै प्रहरीसमक्ष दर्ता उजुरी दर्ता गराएका छन् ।

उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए पनि गाउँलेहरूले पुरुषलाई आफ्नो लिंग देखाउन दबाब दिएका थिए । स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि ज्वाइँले भीडलाई नै आफ्नो लिंग देखाउनुपरेको थियो ।

लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य निस्कियो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताइयो ।

मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइएको छ ।