आमाबाबुले धुम्रपान सेवन गर्नु हुन्छ भने सन्तानलाइ लाग्छ यस्तो गम्भीर खातारनाक रोग ! जसले ज्यानै जना सक्छ


धुम्रपान मध्यपन स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ भन्ने थाहा हुदै पनि मानिसहरु यसलाई सेवन गर्दछन । हाम्रो परिवारका सदश्यहरु मध्ये कसैले धुम्रपान सेवन गर्दछन भने पनि अन्य सदस्यहरुमा यसले असर पर्दछ । त्यस्तै एक अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान सेवन गर्ने परिवारका आमाबाबुसँग बस्दै आएका छोराछोरीमा पछि ठुलो हुदै गएपछि उनीहरूमा फोक्सोसम्बन्धी गम्भीर रोग देखा पर्ने र ज्यानै जाने खतरा बढेको छ ।

धुम्रपान सेवन नगर्ने वयस्कहरु प्रत्येक वर्ष एक लाखको दरले ज्यान गुमाइरहेका छन् । कारण के भने उनीहरुले धुम्रपान सेवन नगरे पनि धुम्रपान सेवन गर्ने मानिसको छेउछाउ बस्ने अथवा त्यस्तो वातावरणमा हुर्केको हुने यो सख्या बढ्दै गएको हो । अमेरिकी क्यान्सर सोसाइटीले करीब ८० हजार धुम्रपान सेवन नगर्ने युवा युवातिमथी अध्ययन गरेको थियो।

यस्तो समस्याबाट छूटकरा पाउन सबै भन्दा मुख्य कुरा भने धुम्रपान नखानु अथवा त्याग्नु हो।

प्रतिक्रिया दिनुहोस
Advertisement