मलेसियामा बस दुर्घटना हुदा ११ जना मजदूरको मृत्य, अन्य कैयौँ घाइते

क्वालालम्पुर, २५ चैत। मलेसियन एयरलाइन्सको एक कार्गाे कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएकोछ ।

उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो जिल्लाका प्रहरी अधिकारी जुलकिफ्ली अमामसाहले आइतबार भएको यस दुर्घटनामा परी कम्तीमा ११ विदेशीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् । सो ढल करिब २० मिटर गहिरो थियो । सो बसमा रहेका अधिकांश मजदूरको निधन भएको छ । बसका चालकको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ ।

त्यस विषयमा अनुसन्धान शुरु भएको छ । त्यस बसमा कतिजना सवार थिए भन्ने विषयमा भने केही नबताइएको मलेसियाली समाचार समिति बर्नामाले जानकारी दिएको छ । त्यसैगरी मृत्यु भएका ती विदेशी कामदारहरु कुन देशका हुन् भन्ने बारेमा पनि केही खुलाइएको छैन ।(रासस-सिन्ह्वा)