आमाले भक्कानिदै गरिन चितवनको सामुहिक आत्महत्या काण्डको पर्दाफास, पतिले यस्तो सम्म गरेका रहेछन मायालाइ (पुरा भिडियो)

भरतपुर, २४ चैत । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११÷१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिनुभयो । मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । आखिर उनले किन यस्तो निर्णय गरिन ? धेरैको चासोको बिषय बनेको छ ।

यस दुखद घटना बारे मृतक मायाकी आमाले विभिन्न भित्रि कुराहरुको खुलासा गरेकी छिन । भिडियो हेर्नुहोस :