दीपाश्रीले आफ्नै गुरु उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्म ‘लभ स्टेशन’ मन पराइनन्, दिइन् यस्तो प्रतिक्रिया

काठमाडौँ, २५ चैत्र अहिले । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित ‘लभ स्टेशन’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका बेला निर्देशक दीपाश्री निरौलाले भने फिल्म मन नपराएको बताएकी छन् ।

चोरीको आरोप समेत लागेको चलचित्र ‘लभ स्टेशन’ लाई कलाकार तथा निर्देशक दीपाश्री निरौलाले मन नपराएको प्रतिक्रिया दिएकी हुन् ।

‘उज्ज्वल दाईको फिल्म भएकाले मैले चलचित्रबाट ठुलो आशा गरेकी थिएँ तर मेरो एक्पेक्टेसन मिट भएन’ दीपाले बताईन् ।

चलचित्र लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् जसले दीपक दीपाको फिल्मी करियर फस्टाउनु अघि दीपक दीपाकै चलचित्र ‘वडा नम्बर छ’ निर्देशन गरेका थिए । यसर्थ दीपाश्रीले उज्ज्वल घिमिरेलाई गुरु मान्ने गर्दछिन् तर उनले उज्ज्वलको यस कामबाट भने असन्तुष्ट भएको बताइन् ।

फिल्म हेरिसके पछि पत्रकारसंग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । चलचित्र कस्तो छ भन्ने प्रश्नमा उनले घुमाउरो शैलीमा जवाफ दिंदै आफु निर्देशनको पाटो हेर्न आएको बारम्बार दोहोराइन् र दर्शकलाई प्रदीप र जसिताको केमेस्ट्रि मन पर्न सक्ने बताइन् तर फिल्म राम्रो भन्न सकिनन् ।

दीपाको यस्तो प्रतिक्रियालाई लिएर भने दर्शकले आलोचना गरेका छन् ।