फेरी बढ्यो सुनचाँदीको मुल्य ! यस्तो छ आजको भाउ

काठमाडौँ, चैत्र २५ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । सुन प्रतितोलामा २ सय रुपैयाले बढेको छ भने चाँदीको प्रतितोलामा ५ रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ५९ हजार ८ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज ६० हजार रुपैयामा कारोबार भैरहेको छ । त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यसैगरी,आइतबार प्रतितोला ७ सय २५ रुपैयामा कायम रहेको चाँदीको मुल्य आज तोलामा ७ सय ३० रुपैयामा कारोबार भइरहेको छ ।