जडान गरेकाे दुई दिनमै तीन करोड बढीको प्लान्टले काम गर्न छोडेपछि …!

सुनसरी, २५ चैत्र । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको नयाँ अक्सिजन प्लान्ट २ दिनमै बिग्रेको छ ।

उक्त प्लान्ट कमसल र सेकेन्ड ह्यान्ड परेकोले जडान गरेको २ दिनमै बिग्रेको अनुमान लगाइएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएको ठहर गर्दै प्रधामन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए ।

प्रतिष्ठानका अनुसार ३ करोड २५ लाख रुपैयाँ लगानी गरेर गत माघ २४ मा जडान गरिएको अक्सिजन प्लान्टले आधा मात्र उत्पादन गर्छ ।

जडान गरेको दुई दिनमै प्लान्टको एउटा जेनरेटर बिग्रिएको थियो । प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन ।