राजनीतिको आडमा विमानस्थलभित्र कफी सप खोली अवैध धन्दा गर्थे यी ब्यापारी

काठमाडौं, २५ चैत्र । नौ वर्षअघिदेखि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्दै आएका सुवास श्रेष्ठ तीन दिन अगाडी विभिन्न देशका मुद्रासहित पक्राउ परे । त्यो बेला नै
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।

विवादै विवादकाबीच उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन र अन्ततः तिनै सुबास श्रेष्ठलाई निजि कफिसप खोल्न दिइयो । कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि पनि भएको छ ।

पसलका सञ्चालक सुवास श्रेष्ठ २२ हजार एक सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ युआन र एक हजार तीन सय ८० युरो अवैध मुद्रासहित पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा उनले पसलबाट विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको खुलासा भएको छ ।

उनकी श्रीमती, दुई छोरी र एक छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागले श्रेष्ठदम्पतीलाई थुनामा राखी कारबाही अघि बढाएको छ खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।