लेक लागेर विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु, २५ चैत्र । जिल्लाको खुम्बु क्षेत्रमा लेक लागेर एक पर्यटकको ज्यान गएको छ ।

खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा हिजो आइतबार बिहान ९ बजे लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो ।

लुक्लाबाट आधारशिविरतर्फ जाँदै गरेको ७ जनाको टोलीमा रहेका उनको एक गेस्ट हाउसमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

घटनास्थल नाम्चे बजारबाट करिब १२ घण्टाको पैदल दूरीमा पर्दछ ।