चीनले गाई दिने भएपछि तराइका युवाद्वारा चीनविरुद्ध प्रदर्शन, बेइजिङ तनावमा

जनकपुरधाम, २४ चैत्र । चीनले नेपाली राजनीति र अर्थनीतिमाथि हस्तक्षेप बढाइरहेका भन्दै तराईका युवाहरूले चीन विरोधी प्रदर्शन गरेका छन् ।

चीनले नेपाललाई गाई दिने प्रस्ताव अगाडि सारेपछि तराईको युवा आक्रोशित हुँदै जनकपुरधाममा स्थानीय युवाहरूले आइतबार चीनविरुद्ध प्रदर्शन गरेका हुन् ।

नेपालमा भएका गाईको संरक्षण हुन नसकी रहेका बेला चीनले गाई दिन प्रस्ताव गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । चीनबाट गाई ल्याउन नहुने भन्दै विरोध हुँदै आएको छ । युवाहरूले जनकपुरधाममा ‘चाइना गो ब्याक’ को नारा पनि लगाएका छन् ।

जनकपुरधामको भानु चोकबाट नारावाजीसहित आएका युवाहरूले शिव चोकसम्म प्रदर्शन गरेका थिए । चीनविरुद्ध तराईमा प्रदर्शन भएको यो पहिलो पटक होइन । बेलाबेला चीनविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

तराईमा चीनविरुद्ध प्रदर्शन भएपछि बेइजिङलाई तनाव भएको छ ।