सिङ्गुसको टोकाइबाट १५ घाइते

गोरखा, २४ चैत । पालुङटार नगरपालिका–४ छापथोकमा सिङ्गुस (कालो बारुला जस्तो कीरा) को टोकाइबाट १५ जना घाइते भएका छन् । आज सुनार जातिका समुदायका मानिस आइतबारे पूजाका लागि छापथोकमा भेला भएका बेला एक्कासी सिङ्गुसले टोकेको स्थानीयवासीको भनाइ छ ।

सिङ्गुसको टोकाइबाट घाइते भएकामध्ये नौ जनालाई थप उपचारका लागि चितवन पठाइएको स्थानीयवासी सुजन न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको न्यौपानले जानकारी दिनुभयो । अन्य घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

दिउँसो पूजाका लागि जम्मा भएका बेला आगो सल्काउने क्रममा धुवाँ भए पनि जङ्गलमा रहेको सिङ्गुस एक्कासी उडेर आएर मानिसलाई टोकेको स्थानीयको भनाइ छ । यसअघि पनि पालुङटारमा बाहिरबाट उडेर आएको सिङ्गुसले टोकेर नौ जनाभन्दा बढी घाइते भएका थिए । -रासस