अनुहारको रौ हटाएर राम्री बन्न पार्लर पुगेकी यी युवतीको भयो यस्तो हालत, घरबाट बाहिर निस्किन समेत बन्द गरिन् !

काठमाडौँ, २४ चैत्र । मान्छेहरु सुन्दर हुन खोज्दा कुरुप भएको थुप्रै उदाहरणहरु छन् । त्यसको पछिल्लो उदाहरण बनेकी छिन् अस्ट्रेलियाकी एक युवती ।

अष्ट्रेलियाकी एक युवतीले आफ्नो अनुहारको रौ हटाउन स्किन ट्रिटमेन्ट लिदा आफ्नो डरलाग्दो अनुभव शेयर गरेकी छिन् । ती युवतीले आफ्नो अुहारलाई सफा र चम्किलो गराउन लेजर ट्रिटमेन्ट मार्फत अनुहारको रौ सफा गर्न पार्लर पुगेकी थिइन ।

तर उनि राम्री हुनुको सट्टा झन् कुरूप भइन् । उनको अनुहारको छाला निकै खराब भयो तर उनलाइ त्यो अनुहार ठिक हुन भने निकै समय लग्यो । यहाँ सम्मकी ती युवतिलाई अनुहारको कारण जागिर र घरबाट बाहिर निस्किन समेत बन्द गर्नु पर्यो । पार्लर गएकी उनि पार्लरले नै उनलाई भयानक पिडा दियो र र आधा अनुहार जलेर कालै भयो ।

हस्पिटलमा डाक्टरले उनलाई बाहिर ननिस्किन सल्लाह दिए । करीब एक वर्षपछि लिलियनको घाउ निको भयो तर अनुहारको हालत अझै सुध्रिएन । त्यसैले उनि बिना मेकअप बाहिर निस्किदिनन् । उनले अनुहारको कलर मिलाउनको लागि बाक्लो फाउन्डेशन लगाउछिन् र बाहिर निस्किन्छिन् ।