प्रतियोगीको अपमान गरेको भन्दै मिस नेपालकी निर्णायक रचना गुरुङ शर्माको चौतर्फी आलोचना भएपछी अन्तत आयोजक हिडेन ट्रेजरले मुख खोलेको छ (प्रेस विज्ञप्ति सहित)

काठमाडौं, २४ चैत्र । काठमाडौँ अडिसनको क्रममा निर्णायकले प्रतियोगीको मेकअपको बिषयमा कडा टिप्पणी गरेपछि सामाजिक संजालमा अत्यधिक विवाद भयो । यहि विषयमा अन्तत मिस नेपाल आयोजक ‘हिडन ट्रेजर’ले यस विवादबारे स्पष्टिकरण दिएको छ ।

निर्णायक मध्यकी एक इशानी श्रेष्ठले विज्ञप्ति सार्बजनिक गरेकी छन् । विज्ञाप्ति लेखिएको छ – ‘मिस नेपाल’को अडिसनमा गरिने सोधपुछ अन्य परीक्षा र अन्तरवार्ता जस्तै भएकाले यसमा कठिन प्रश्न सोधिनु सामान्य हुन्छ । यसरी कडा रुपमा प्रस्त्युत हुनुको उदेश्य प्रतियोगीलाई डराउन, होच्याउन वा अन्तरवार्तामा असफल पार्न नभएर उनीहरुको धर्यता, सहजताको स्तर, आत्मविश्वास पहिचान गर्न र उनीहरुको सम्पूर्ण क्षमता प्रस्फुटन गर्नको लागी मात्र हो ।’

सामाजिक संजालमा देखिएकी ति प्रतियोगीको राम्रो प्रदर्शन कै कारण उनि छानिसकेको पनि विज्ञप्तिमा उल्लेख छ । सामाजिक संजालमा सर्बसाधारणले चासोका साथ हेर्नु मिस नेपालको ब्राण्डको चिन्ता गर्नु र महत्व दिनु हो भन्दै यसलाई सकारात्मक रुपमा लिएको हिडेन ट्रेजरले बताएको छ ।

विज्ञप्ति हेर्नुहोस :

अडिसनमा प्रतियोगीसंग निर्णायक रचना गुरुङ शर्माले यसरी प्रश्न गरेकी थिइन :