हात खुट्टा निदाउने गरेको छ ? सामान्य नठान्नुहोस् , ठूलै रोग लागेको हुन सक्छ !

काठमाडौँ, २४ चैत्र । हामी निकै बेर हात खुट्टा थिचेर बस्यौ, हलचल नगरी बस्यौं भने निदाउने र झम -झमाउने गर्दछ । यसलाई हामी रक्तसंचार प्रवाह राम्ररी नभएको भनेर ठान्छौं र केहि बेरमै सन्चो पनि हुन्छ ।

तर पछिल्लो समय हात खुट्टा झमझमाउने वा शरिरका विभिन्न अंगहरु निदाउने समस्या बढ्दै गएको एक अध्ययनले देखेको छ । यस्तो रोग जुन सुकै उमेर समूहको व्यक्तिलाई समेत लाग्ने गर्छ । कसैलाई शरिमा देखिएको केही रोगको कारण पनि यस्तो हुने गर्दछ ।

शरिरको जनसुकै भागमा पनि देखिने यस्तो समस्याले निदाएको भागलाई छुँदा कुनै प्रकारको अनुभव हुँदैन् । त्यस्तो अवस्थामा लाग्छ ज्यान नै छैन् वा अब यो भाग नै चल्दैन जस्तो हुन्छ । यदि यस्तो समस्या बारम्बार भइरहेको छ भने त्यो बेला केही सोच्नुपर्ने हुन्छ ।

शरिरको कुनैपनि अंग जस्तै हात, हातको औँला खुट्टा, पैताला, पेट, गला, शिर जस्ता भागमा विशेष गरेर यस्तो समस्या देखा पर्छ । कहिले काही एक्कासी करेन्ट लागेको जस्तै अनुभव हुने गर्छ ।

खासगरी किन झमझमाउँछ शरिरका अंगहरु ?

कुनै बेला यस्तो समस्या थकान, चिन्ता तनावको कारण पनि हुने गर्छ । जसको कारण हात खुट्टा तातेको, निदाएको झमझमाएको महशुस हुन्छ । यद्यपी २० देखि ३० प्रतिशत शरिरका अंगहरु झमझमाउने निदाउने कारण भनेको अन्य रोगले गर्दा हो । खुट्टा निदाएको छ भने यसको कारण हातको औला झमझमाउनु अलग कारण हुन ।यस्तो हुनुको मुख्य कारण भनेको नशा च्यापिनु वा नशामा देखिएको खराबीको कारण हो ।

यस्तो समस्या मधुमेहको बिरामीलाई पनि हुने गर्छ । सामान्यतया बाथरोग भएका व्यक्तिमा पनि यस्तो समस्या हुने गर्छ । स्पाइनल कार्ड, मेरुदन्ड मा ट्युमरको संक्रमण भएको छ भने यस्तो समस्या हुन्छ । अर्को कारण पिरिड्गोमायलिया अर्थात स्पाइनल कार्डमा पानी जम्नु हो । कुनै बेला केश पनि झमझमाउने गर्छ यस्तो बेलामा लिपोमामा नशा च्यापिएको छ भने यस्तो समस्या हुन्छ ।

प्राय धेरै व्यक्तिमा देखिने जोर्नीहरु जस्तै हातको कुइनो, कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउने समस्या आउँछ । कुनैबेला गम्भिर रुपमा लागेका चोटहरुले पनि यस्तो समस्या उत्पन्न गराउँछ । जस्तै पुरानो चोटपटक लागेको ठाउँमा यो समस्या हुन्छ । कुनै बेला पोषक तत्वको कमी भएको कारण जस्तै भिटामिन डि १, डि ६, डि १६ को कमी भएको बेलामा पनि यस्तो समस्या देखा पर्छ ।

त्यस्तै भिटामिन सि, क्यालसियम को कमि भएको बेलामा पनि निदाउने झमझमाउने समस्या देखा पर्छ ।यो बाहेक हामीले दैनिक पिउने पानीमा खनिज तत्वहरु मिनरल, फस्फेरस, क्यालसियम, सोडियम र आसेर्निक आदि तत्वको कमी भएमा हात खुट्टा झमझमाउने निदाउने समस्या हुन्छ ।

यसको उपचार कसरी गर्ने ?

विशेषत यस्तो लक्षणहरु देखिन साथ होमियोप्याथीमा चिकित्सामा रोगीको मानसिक एवंम् शारिरिक लक्षणहरु ध्यानमा राखेर उपचार गर्नुपर्छ । यस्तो समस्या देखिएको भाग हेरेर पनि सफलतापूर्वक तरिकाले अ‍ैषधी उपचार गर्न सकिन्छ । अनुभवी तथा दक्ष चिकित्सकको सल्लाह बमोजिम परामर्श लिएर पनि उचित तरिकाको औषधी सेवन गरेर पनि झमझमाउने तथा निदाउने समस्याको समाधान गर्न सकिन्छ ।