सलमानले ‘दंबग ३’को आइटम गीतमा सन्नी लियोनीसँग नाँच्न नमानेपछि…!

एजेन्सी, २४ चैत्र । चलचित्र ‘दंबग ३’ को आइटम गीतमा सलमान खानले पुर्व पोर्नस्टार तथा नायिका सन्नि लियोनिलाई लिन अस्विकार गरेका छन् ।

चलचित्र निर्माण टिमले सन्नी लियोनीलाई आइटम नाच्नका लागी छनोट गरेको थियो । तर अभिनेता सलमानले भने सन्नीलाई अस्विकार गरेका हुन् ।

निर्देशक प्रभु देवा र निर्माता अरबाज खानले सन्नी लियोनीलाई लिने निर्णय गरेका थिए । तर, सलमानको उक्त सल्लाह पछि उनीहरुले सनीको ठाउँमा मौनीलाई लिने पक्षमा पुगेका हुन् ।

सलमानले अभिनेत्रो मौनी रोयले सन्नीले भन्दा राम्रो गर्ने भन्दै उनलाई आफ्नो प्रोजेक्टमा लिन सुझाव दिएका छन् ।

मौनीले चलचित्र ‘केजिएफ’ को ‘गली गली’ बोलको गीतमा आइटम प्रस्तुत गरिसकेकी छिन् । मौनी रोय सलमानकी राम्रो साथी समेत हुन् ।