नेपाल आइडल सिजन २ का बिजेता रवि ओडले ल्याए पहिलो गीत (भिडियो सहित)

काठमाडौं, २४ चैत्र । नेपाल आइडल सिजन २ का बिजेता रवि ओडले आफ्नो पहिलो गीत दर्शक स्रोताका लागि ल्याएका छन् ।

तथा कृष्ण केसीको शब्द तथा हरि लम्सालको संगीत संयोजन रहेको ‘मिठो बोलीले..’बोलको गीतको भिडियो रविले यूट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा शिव बिकेको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा मोडल एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् ।

सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् भने रामेश्वर कार्की छायाँकार हुन् ।

भक्तपुर दरबार स्क्यायरमा छायांकन गरिएको भिडियोमा करिब ६० जना कोरस कलाकारले सामूहिक नृत्य गरेका छन् ।

भिडियो हेर्नुहोस्-