अब घाम -पानी नभनी ढुक्कले बाइक तथा स्कुटर चलाउँनुहोस्, बजारमा आयो यस्तो ‘सन् रूफ’!

एजेन्सी, २४ चैत्र । वर्षायाममा दुई पांग्रे सवारी साधन प्रयोग गर्दा घाम पानीबाट बच्न प्रयोग गर्न मिल्ने छाताजस्तो कभर बजारमा आएको छ । यसले लगभग बाइक तथा स्कूटर ढाक्छ ।

विशेषगरी यस कभर पानीबाट बच्नकै लागि तयार पारिएको हो । यसको प्रयोग गरेपछि चालकले ढुक्कसँग सवारी हाँक्न सक्छन् । यसलाई ‘सन् रूफ’को नामले पनि चिनिन्छ । यो पूरा रूपमा वाटरप्रूफ हुन्छ ।

यस कवरलाई बाइक तथा स्कूटरमा सजिलै जडान गर्न सकिन्छ । यसको अगाडि र पछाडि पारदर्शी प्लास्टिक प्रयोग गरिएको छ । त्यसको माथि प्याराशूट कपडाको रूफ छ ।

भारतीय बजार मूल्य लगभग ९०० पर्ने यस बैक कवरले बाइक तथा स्कूटरको सिटसम्म कभर गर्छ । जसले घाम, पानी र धुलोबाट बचाउँछ । यसलाई सजिलैसँग निकाल्न सकिन्छ ।

यसको भारतीय बजार मूल्य लगभग ९०० बाट शुरू हुन्छ । नेपाली बजारमा यसको मूल्य १५ सयको हाराहारीमा पर्छ ।