जनप्रतिनिधि नै शेर पल्टेपछि जनता कोसँग न्याय माग्न जाने ? फर्निचर उद्योग संचालन गर्ने अनुमति लिन आएका सेवाग्राहीमाथि यी वडाअध्यक्षको दादागिरी हेर्नुहोस् ! (भिडियोसहित)

कैलाली, २२४ चैत्र । कैलालीका एक वडाअध्यक्षले कार्यकक्षमै सेवाग्राहीसंग दादागिरी देखाएको भिडियो फुटेज सार्वजनिक भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष टिकाराम भण्डारीले फर्निचर उद्योग सञ्चालनका लागि सहमती माग्न दिएको निवेदन च्यात्दै सेवाग्राहीसँग दादागिरी देखाएका हुन् ।

वडा अध्यक्षले स्थानीय व्यक्ति बाहेक अरुलाई उद्योग सञ्चालनका लागि अनुमती नदिने भन्दै घोडाघोडी नगरपालिका १० का जनक जोशीले कार्यालयमा दिएको निवेदन च्यातेको दृष्य भिडियो फुटेजमा कैद भएको छ । उद्योग सञ्चालन जोशी चार किल्ला प्रमाणित गर्न गरिदिन भन्दै मामा समेत नाता पर्ने वडाअध्यक्ष भण्डारी कहाँ पुगेका थिए ।

भिडियो हेर्नुहोस्-