यी महिलाले जन्माइन् एक वर्षमै तीन सन्तान, यो कसरी सम्भव भयो ? (पुरा पढ्नुहोस्)

काठमाडौँ, २४ चैत्र । बंगलादेशकी २० वर्षीया एक महिलाले एक वर्षभित्रै तीन वटा बच्चा जन्माएकी छिन् ।

सुल्ताना आरिफ नामक महिलाले एउटा बच्चालाई जन्म दिएकी २६ दिन पछि अन्य दुई वटा बच्चाहरु जन्माएकी हुन् ।

आरिफ सुल्तानाले एक मेडिकलमा एउटा बच्चालाई जन्म दिइन् । तर उक्त मेडिकलको डाक्टरले उनको पेटमा अझै बच्चाहरु छन् भन्ने कुरा थाहा नै पाएनन् ।

सुल्ताना एक बच्चालाई जन्म दिएपछि घर फर्किन् । उनको घर गाउँमा रहेको छ । उनी घर फर्केको धेरै दिन सम्म पनि पेट दुखेपछि अर्को अस्पतालमा जाँच्न गइन् । उक्त अस्पतालमा उनको पेटमा दुई वटा बच्चा रहेको डाक्टरले बताएको बीबीसीले उल्लेख गरेको छ ।

ती दुई बच्चाहरु पनि स्वास्थ नै रहेको डाक्टरले बताएका छन् । सुल्तानाको दुई पाठेघर भएको कारण उनले तीन वटा बच्चा जन्माएकी हुन् ।

चिकित्सकहरूले उनको दुई वटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए । डा पोद्दारका अनुसार सुल्ताना र उनको श्रीमान एक दमै गरीब छन् ।