धनकुटामा एक व्यक्तिको बाहिर हत्या गरि घर ल्याएर सुताइयो, परिवार अनबिज्ञ

काठमाडौँ , २४ चैत्र । धनकुटामा आइतबार एक व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामी आफ्नै घरमा फेला परेका हुन् ।

घर बाहिर हत्या गरी दर्लामीलाई घर भित्र ल्याएर छाडिएको बताइएको छ । राति हत्या गरि घरमा लगेर सुताएको परिवारले थाहा नपाएको र परिवारका एक सदस्य बिहान बोलाउन जाँदा रगत बगिरहेको भेटेपछि आफूहरुलाई खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दर्लामीको अनुहार शरीरका विभिन्न भागमा आक्रमण गरिएको र शरीर भरि घाउ, खत रहेको छ । प्रहरीका अनुसार दर्लामीको शरीरमा डढेको खत पनि छ ।

अनुसन्धान गरिरहेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।