रियल मड्रिडको कठिन जित, बेन्जेमा बने नायक

काठमाडौं, २४ चैत्र । स्पेनिस ला लिगमा शनिवार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इबारमाथि २–१ को कठिन जित निकालेको छ ।

रियलको जितमा करिम बेन्जेमा नायक सावित भए । उनले दुई गोल गरे । इबारका लागि मार्क कार्डोनाले एक गोल फर्काए ।

खेलको ३९ औं मिनेटमा कार्डोनाले गोल गर्दै इबारलाई अग्रता दिलाएका थिए । तर, खेलको दोस्रो हाफमा रियल खेलमा फर्कियो । ५९ औं मिनेटमा एसेन्सियोको पासमा बेन्जेमाले बराबरी गोल फर्काए ।

८१ औं मिनेटमा टोनी क्रुसको पासमा पुन बेन्जेमाले गोल गरेपछि रियलले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र रियल बिजयी भयो ।