भोलिदेखि मौसममा सुधार

काठमाडौं, २४ चैत । हिजो देखि बिग्रिएको मौसम आज दिनभर पनि उस्तै रहने मौसमविदले बताएका छन् ।

आज देशभर मौसम बदलि हुनुका साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।

आइतबारदेखि भने पश्चिम क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद वरुण पौडेलले बताए । ‘भोलि पश्चिम क्षेत्रबाट केही सुधार हुन्छ । मध्य र पूर्वमा भने केही दिन लाग्छ । काठमाडौंमा पनि भोलिबाट केही सुधार हुने देखिएको छ ।’

यद्यपि मौसमी प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरु बताउँछन् ।

मौसम विज्ञान विभागले पूर्वानुमान गरेको तीन दिनको मौसमी विवरण यस्तो छ –