संसारकै ठुलो देश ‘रुस’ बारे यस्ता रोचक तथ्यहरु – जुन थाहा पाउँदा तपाइँ चकित पर्नुहुनेछ

एजेन्सी । संसारमा ७ वटा माहादेश र हाल १९५ वटा देशहरु रहेका छन् । यसमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश रुस हो । रुस संसारकै ठुलो देश मात्र हैन अन्य देशहरुको तुलनामा यो देशको सहरमा सबैभन्दा ज्यादा अरबपति रहने देश पनि हो । आज हामी तपाईहरुलाई रुसकाबारे केहि यस्ता रोचक तथ्यहरुबारे जानकारी गराउँदैछौँ जुन तपाईलाई थाहा नहुन सक्छ:

– के तपाईलाई थाहा छ ? रुस विश्वको एक यस्तो देश हो जहाँ एक भागमा दिन हुँदा अर्को भागमा साँझ हुन्छ ।

– रूसको क्षेत्रफल १७,१२५,१८७ वर्ग किलोमीटर रहेको छ । यानिकि, यो फुच्चे ग्रह प्लूटो भन्दा ठुलो हो ।

– ‘मस्काउ’ शहर रुसको राजधानी र सबैभन्दा ठुलो शहर पनि हो ।

– संसारमा सबैभन्दा बढी बोलिने भाषा मध्ये रसियन भाषा पाचौं स्थानमा आउँछ ।

– रुसमा अवस्थित ‘बैकल ताल’ (Baikal Lake) जहाँ, संसारको २०% शुद्ध पानी रहेको छ । त्यतिमात्र हैन बैकल ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो भने रुसकै ‘करच्याँ ताल'(Karachay Lake) दुनियाँकै सबैभन्दा प्रदुषित र रेडियोधर्मीयुक्त ताल हो ।

– अन्य देशको तुलनामा रुससँग सबैभन्दा ज्यादा ८४००० माथिको संख्यामा परमाणु हतियार रहेका छन् ।

– एक तथ्याङ्क अनुसार प्रत्येक रसियन हर साल १८ लिटर बियर पिउँछन् ।

– रुसमा हर साल पाँच लाख भन्दा ज्यादा मानिस केवल अल्कोहलको कारणले मर्ने गर्छन् ।

– रुसमा पुरुषको तुलनामा महिलाको संख्या अधिक रहेको छ । ९ लाख भन्दा ज्यादा ।

– रुसको एक अन्तिम बिन्दु/सिमानाबाट अमेरिका मात्र चार किलोमिटरको दुरीमा पर्छ ।

– विश्वको सबैभन्दा ठुलो म्याकडोनल्ड्स रेस्टुरेन्ट( McDonald restaurant) मस्काउमा रहेको छ ।

– रुस संसारको दोस्रो सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो ।

– यदि, रुसको सबै पाईपलाइन जोड्ने हो भने त्यसले पुरा पृथ्वीलाई ६ पल्ट बेर्न भ्याउँछ ।

– सन् १८६७ मा अमेरिकाले रुसको ‘आलस्का’ सिर्फ ७.२ मिलियन अमेरिकी डलरमा किनेको थियो ।

– विश्वमा सबैभन्दा ज्यादा बच्चा जन्माउने रेकर्ड एक रुसी महिलाको नाममा छ । ति महिलाले ६९ बच्चाको जन्म दिएकी थिइन् ।

– अन्तरिक्षमा सबैभन्दा पहिले उपग्रह पठाउने देश पनि रुस नै हो । सन् १९५७ मा रुसको सोभियत यूनियनबाट ।

– रुसमा एक समयमा दाह्री पाल्नेले ट्याक्स तिर्नु पर्थ्यो जतिबेला रुसमा शासक ‘पिटर’को शासन चल्थ्यो ।

– यो मानिन्छ कि, रुसमा लगभग १५ यस्ता सहरहरु रहेका छन् जस्का नाम र पता सिक्रेट छ ।

– करिब एक तिहाई रसियन यो मान्दथे कि, सुर्यले पृथ्वीको परिक्रमा गरिरको छ ।

– “Vodka” शब्द रुसी भाषाको Voda शब्दबाट आएको हो, यसको अर्थ पानी हुन्छ ।

– रसियामा पुरुषको औसत आयु ५९ र महिलाको ७३ वर्ष रहेको छ ।

– संसारको सबैभन्दा लामो र व्यस्त रेललाइन रुसमै रहेको छ ।

– रुसको ७७% भू-भाग एसियामा पर्दछ भने अन्य भाग युरोपमा ।