हेर्दै बेहोस हुने पहाड जहा बलवान मुटु हुनेहरुले मात्रै गर्न सक्छन् यात्रा

एजेन्सी । नाक ठोक्किने ठाडो चट्टानी पहाडमा तपाईले कहिल्यै हिँडेको कल्पनासम्म गर्नुभएको छ ? काठ तथा फलामका स साना पाता तथा डण्डीहरु जोडेर मान्छे हिड्ने बाटो बनाएर मृत्युसँग खेल्न रुचाउनेहरुका लागी यो स्थान हिजोआज प्रिय बनदै गउको छ । गएर हिँड्दा त के सुन्दा र सोच्दैमा पनि आगं सिरिगं हुने यो त्रासदीपूर्ण बाटो चीनको दृश्य हो ।

चीनमा रहेको यो स्थान पहाडको खोँचभन्दा हजारौँ फिट माथि अवस्थित छ । जहाँ निकै कठोर र बलवान मुटु हुनेहरुले मात्रै यात्रा गर्न सक्छन् । चीनको हुसान पर्वत श्रृंखला अन्तरगतका पाँचवटा पर्वत मध्ये सबैभन्दा अग्लो चुचुरोमा यो त्रासद मार्ग रहेको चिनिया समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जुन स्थान अहिले साहसिक पर्यटनका लागि प्रख्यात बन्दै गइरहेको छ । जहाँ दिनहुँ देशविदेशबाट हजारौँको संख्यामा पर्यटकहरु साहसिक पर्यटनका लागि पुग्ने गरेका छन् ।