बनेपामा खुर्पा प्रहार गरी श्रीमतीले गरीन् श्रीमानको हत्या, फुपू गम्भीर घाइते !

बनेपा, २३ चैत्र । काभ्रेपलाञ्चोकमा खुर्पा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।

जिल्लाको धुलिखेल नगरपालिका–२ रविओपीमा ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् ।

सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् ।

सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो । प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ ।