परिवारका पाँच सदस्यसहित बैंकक उड्न लागेका ब्यापारी सुबाश श्रेष्ठ विमानस्थलबाट पक्राउ, उनको साथबाट यस्तो कुरा भेटिएको थियो

काठमाडौँ , २३ चैत्र । व्यापारी सुवास श्रेष्ठ पुनः पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलमा अवैध डलरसहित पक्राउ परी एक प्रहरी अधिकारीको रोहबरमा छुटेका श्रेष्ठ पुन पक्राउ परेका हुन् ।

श्रेष्ठलाई पक्राउ गरेर पनि छाडिएको समाचार लिक भएपछि उनलाई पुन: पक्राउ गरिएको हो ।

ठूलो परिणाममा अवैध डलर र अन्य अन्तराष्ट्रिय मुद्रा सहित श्रेष्ठलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको थियो । तर अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) भण्डारीले दबाव दिएपछि उनलाई छाडिएको थियो ।

श्रेष्ठलाई पुनः पक्राउ गरिएको बारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शनिवार विहान ७ बजे प्रेष विज्ञप्ति प्रकाशित गर्दै जानकारी गराइएको छ ।

शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्यसहित बैंकक जाने क्रममा उनलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेपश्चात श्रेष्ठले चिनजानका व्यक्तिहरुलाई सम्पर्क गरेर एसएसपी भण्डारी समक्ष कुरा पुर्याएको बताइएको छ । एसएसपी भण्डारी सम्म कुरा पुगेपछि उनकै दबावमा श्रेष्ठ छुटेका थिए ।

काठमाडौं–७ मित्रपार्कका स्थायी वासिन्दा रहेका श्रेष्ट श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरु र एक छोरासहित बैंकक जाँदै थिए ।

उनको साथबाट प्रहरीले थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार बरामद गरिएको थियो ।