साप्ताहिक रासिफल : चैत्र २४ गते आईतबार देखी चैत्र ३० गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

मेष रासि हुनेहरुको लागि यो साता उत्तम रहेकोछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । पराक्रम बढ्ने हुनाले समाजलाई बदल्ने आट तथा साहस जागेर आउँनेछ । धार्मिक तथा पर्यटकिय दृष्यहरु अवलोकन गर्नको लागी रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । हाते औजार तथा घरेलु मेसिनको प्रयोगबाट सकारात्मक प्रतिफल प्राप्त हुनेछ भने आधुनिक सामानको ब्याबसायबाट मनग्गे आम्दानि हुने हुनाले मन प्रशन्न रहनेछ । आधुनिक कृषि तथा पशुपालन ब्याबसायबाट भने जस्तो आम्दानि गर्न सकिने । घरजग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)

साताको सुरु अर्थात सोमबार दिउसोसम्मको समय मध्ययम रहेकोले आट गर्न नसक्दा हातमा आउन लागेको काम अरुले नै फुत्काउनेछन् । आर्थिक कारोबार बिग्रने हुदा काममा असजिलो महशुष हुनेछ । तापनि लामो दुरिको यात्रा हुनेछ । सोमबार बेलुकीबाट मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुनालेआफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नयाँ काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ । सोमबार साझबाट बुधबार बेलुकीसम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ । तापनि लामो यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको ब्यापार ब्याबसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुदा दिगो काम गर्ने अवसर गुम्नेछ । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । लामो तथा बैदेशिक यात्राको तय हुनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

सरकारि तथा प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । सोमबार बेलुकीबाट सम्मका समय उत्तम रहेकोले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर आउनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । समाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । अधुरा कामहरु पूरा हुनेछन् भने नयाँ नयाँ कामको अवसर आउनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । साताको सुरु अर्थात सोमबार दिउसोसम्मको समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सोमबार साझबाट बुधबार बेलुकी सम्मको समय मध्ययम रहेकोले खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । अरु काममा ब्यस्त हुनुपर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । बिभिध कारणले माईति तथा चेलि बिचको सम्बन्ध चिसिन सक्छ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

व्यावसायलाई बिस्तार गर्ने सवालमा रमाईलो तथा उपलब्धिमुलक यात्राको तय हुनेछ । थोरै समय दिदा पनि आम्दानि बढ्ने हुनालेअरु क्षेत्रमा लगानि गर्ने वाताबरण सिर्जना गर्न सकिनेछ । आफुले मन पराएको मानिसलाई आफनै मनमुटुमा राखेर माया गर्न पाउँन मन प्रसन्न हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । बिहिबारदेखि आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढ्नेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु थालनी गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाउँन मन प्रफुल्लित हुनेछ । साताका सुरु अर्थात सोमबार दिउँसो सम्मको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुने तथा भने जस्तो पारिश्रमिक पाईने हुनालेमन प्रशन्न हुनेछ । अन्धबिश्वास तथा सस्कार परिवर्तन गर्न साथिभाईको सहयोगमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । न्यायलयबाट हुने न्यायिक न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । प्रतिश्पर्धिहरु लाई हराउँदै हरेक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिचको सम्बन्धलाई थप सुधार गर्दै बिश्वासको बाताबरण अझ मजभुत बनाउँन सकिनेछ । पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

साताको शुरु र अन्तको समय राम्रो रहेकोले बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । लेखन कला तथा शाहित्यमा थाति रहेको काम पुराहरु हुनेछन् । कार्यक्षेत्रमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु लाई सजिलै हराउन सकिनेछ भने कर्मक्षेत्रमा पाईने सम्मानले मन प्रशन्न हुनेछ । सोमबार साझबाट बुधबार बेलुकी सम्मको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

मीन (दी, दू ,थ ,झ ,ञ ,दे ,दो ,चा ,ची)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिस सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । राजनितिमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ भने सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला । सोमबार बेलुकीबाट बुधबारसम्मको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

तपाईको दिन शुभ रहोस ।

तारानाथ भण्डारी ।